फिल्म ‘बाबरी’को ‘मायाका रंगहरू’बोलको गीत सार्वजनिक (भिडियो)

काठमाडाैँ। फिल्म ‘बाबरी’को नयाँ गीत सार्वजनिक भएको छ। धिरज मगर र अदिति बुढाथोकीको प्रमुख भुमिका रहेको फिल्मको ‘मायाका रंगहरू’बोलको गीत बिहीबार सार्वजनिक भएको हो।

गीतमा सनुप पाैडेल र रचना रिमालको स्वार रहेको छ भने शब्द रचना कालीप्रसाद बास्कोटा र सबिन एकतारेले गरेका छन्। त्यस्तै, संगीत पनि बास्कोटाको नै गरेका छन्।

यस गीतको भिडियोमा प्रमुख भुमिकामा भने अदिति बुढाथोकी र धिरज नाडकरलाई प्रस्तुत गरिएको छ।

त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्ममा अदिती र धिरजसँगै धिरज नाडकरको पनि मुख्य अभिनय रहनेछ। फिल्ममा बादल भट्ट, कमणमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला गुरुङ, दिलिप गुरुङ लगायतका कलाकारको अभिनय छ। फिल्म बाबरी असोज १४ गतेदेखि हलहरुमा प्रदर्शन हुनेछ।

 

Leave a Reply

Back To Top