Thu. Apr 25th, 2024

काठमाडाैँ । आजबाट दुई नेपाली फिल्म ‘राधा’ र ‘प्रकाश’ रिलिज भएका छन्। यी दुवै फिल्म उद्योगले आशा गरेका फिल्म हुन्। बुधबार र बिहीबार पालैपालो प्रिमियर गरेका दुवै फिल्मले राम्रो प्रतिक्रिया पाएका छन्।

‘प्रकाश’मा अभिनेता प्रदीपक खड्का शीर्ष भूमिकामा छन्। कमर्सियल फिल्ममा मात्रै अभिनय गरिरहेका प्रदीप यो फिल्ममार्फत चरित्र अभिनयमा होमिएका छन्। फिल्मको प्रचार निकै आक्रामक देखिएको छ।

यता ‘राधा’को शीर्ष भूमिकामा पूर्वमिस नेपालसमेत रहेकी नायिका श्रृष्टि श्रेष्ठ देखिँदै छन्। श्रृष्टिसँगै यो फिल्ममा स्टार कलाकारको ठूलो भिड देख्न सकिन्छ। ‘राधा’मा दयाहाङ राई, खगेन्द्र लामिछाने, निश्चल बस्नेत, सौगात मल्ल, मेनुका प्रधान, बुद्धि तामाङलगायतका कलाकारले पनि अभिनय गरेका छन्।

प्रकाशमा प्रदीपका साथमा दिया मास्के र डेब्यु कलाकार रेणु योगी शीर्ष भूमिकामा छन्।

उद्योगले अपेक्षा गरेका दुई फिल्म एकसाथ प्रदर्शनमा आएकोप्रति धेरैले चिन्ता व्यक्त गरेका छन्। अपेक्षित दुई फिल्म एकैदिन रिलिज हुँदा दुवै फिल्मले बक्स अफिसमा अपेक्षित ‘शो’ पाएका छैनन्। यी दुई फिल्मको ‘शो’ खुम्च्याउनुमा बलिउड फिल्म ‘लाइगर’ले पनि भूमिका खेलेको छ। नेपालखबर

Leave a Reply

%d bloggers like this: