Thu. Apr 25th, 2024

काठमाडाैँ । असोज ७ गतेदेखि प्रदर्शन हुने फिल्म ‘प्रेमगीत ३’ को नेपाली र हिन्दी स‌ंस्करणमा गीत सार्वजनिक भएको छ।

बिहीबार जी म्युजिक कम्पनी युट्युब च्यानलबाट ‘कोही ना कोही नाता हे’ बोलको हिन्दी गीत र ओएस्आर डिजिटलबाट ‘मायाको गाउँ’ बोलको नेपाली गीत सार्वजनिक गरिएको हो।

रोमान्टिक शैलीको म्युजिक भिडिओमा अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिस्टिना गुरुङलाई देख्न सकिन्छ। जुबिनको स्वर रहेको ‘कोही ना कोही नाता हे’ गीतमा सुवास कालेको शब्द र पवनदीप राजनको संगीत छ।

‘मायाको गाउँ’ बोलको गीतमा प्रताप दासको स्वर छ। विष्णु भण्डारीको शब्द रहेको गीतमा सरोज पोखरेलको संगीत छ भने देवेश राईको एरेन्ज छ।

पहिलो पटक नेपाली फिल्म हिन्दी संस्करणमा प्रदर्शन हुन लागेको हो।

सन्तोष सेनको निर्माण तथा निर्देशन रहेको फिल्म निर्देशनमा सेनले स्वर्गीय छेतेन गुरुङसँग सहकार्य गरेका छन्। फिल्मको कथा पनि निर्देशक गुरुङले नै तयार पारेका हुन्।

प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्ममा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ।

यसअघि फिल्मका अन्य दुई श्रृङ्खला ‘प्रेमगीत’ र ‘प्रेमगीत २’ बक्स अफिसमा सफल भएका थिए।

यस्तो छ भिडियो सहितको नेपाली गीत 

 

हिन्दी संस्करणको गीत यस्तो छ 

Leave a Reply

%d bloggers like this: