Wed. Apr 24th, 2024

भारतका चर्चित कलाकार अमिताभ बच्चन कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमा आफू कोरोना भाइरसबाट सङ्क्रमित भएको लेखेका छन् ।

“म कोरोना भाइरसबाट सङ्क्रमित भएको भर्खरै पुष्टि भएको छ, पछिल्लो समयमा मेरो सम्पर्कमा रहेकाहरुले कोरोना भाइरसको परीक्षण गराउनु हुन र सतर्कता अपनाउनुहुन अनुरोध छ,” उनले लेखेका छन् ।

उनले आफू अहिले पहिलो पटक सक्रङ्क्रमित भएको हैन भन्दै यसलाई स्वभाविक र सहज रुपमा लिएको उल्लेख गरेका छन् । यसअघि उनि सन् २०२० को जुलाईमा पहिलो पटक सङ्क्रमित भएका थिए ।

त्यति बेला उनि झण्डै तीन हप्ता अस्पतालमै बसृेका थिए । उनि मात्रै नभई उनका छोरा तथा अभिनेता अभिषेक बच्चन, बुहारी तथा अभिनेत्री ऐश्वर्या राय र नातीनी आराध्या पनि सङ्क्रमित भएका थिए ।

Leave a Reply

%d bloggers like this: