Thu. Mar 28th, 2024

काठमाडौं । नेपाल र भारतका निर्माताको संयुक्त लगानीमा निर्माण भएको फिल्म ‘प्रेमगीत ३’को हिन्दी संस्करणका चार गीत रिलिज भएका छन् ।

जी म्युजिकले सार्वजनिक गरेको फिल्मका गीतहरुमा जुबिन नौटियाल, राहत फतेह अली खान, पलक मुछल, अंकित तिवारी र देव नेगीले स्वर दिएका छन् ।

‘कोही ना कोही नाता हे’मा जुबिनको स्वर र पवनदीप राजनको संगीत छ । ‘जहाँ भी जाओ ए सनम बस तु ही तु’ गीतमा खानले स्वर दिएका छन् । ‘तुम प्यार हो’ गीतमा पलक र अंकितको स्वर छ भने ‘मुझे में बस जाना’मा पलक र देवको स्वर छ ।

सन्तोष सेन र छेतेन गुरुङको संयुक्त निर्देशन रहेको फिल्म असोज ७ गते नेपाल र भारतसहितका देशमा रिलिज हुँदैछ । भारतमा हिन्दीमा र नेपालमा नेपाली संस्करणमा फिल्म प्रदर्शन हुनेछ । अनलाइनखबर

Leave a Reply

%d bloggers like this: