Sat. Apr 20th, 2024

काठमाडौं। नेपाली फिल्म ‘द सिक्रेट अफ राधा’ चीनको महोत्सवमा प्रदर्शनको लागि छनोट भएको छ। चाइना पर्फमेन्स इन्ड्रस्टिज एसोसिएनको आयोजनामा हुन लागेको ‘बेइजिङ इन्टरनेसनल डान्स भिडियो फेस्टिभल – २०२२’ मा प्रदर्शनको लागि यो फिल्म छनोट भएको हो।

नेपाली फिल्मलाई चिनियाँ बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवको आयोजक समितिले द सिक्रेट अफ राधालाई छनोट गरेको बताइएको छ। फिल्मले चीनमा नेपाली फिल्मका लागि बजार खोजी गर्ने आशा दूतावासद्वारा प्रेषित पत्रमा उल्लेख छ।

महावाणिज्य दूतावासका अनुसार १५ अगस्ट अर्थात साउन ३० गते राधा प्रदर्शन हुनेछ। सार्वजनिक पत्रद्वारा दूतावासले फिल्म निर्मातासँग फिल्मको पूर्ण स्क्रिप्ट र प्रिमियर भिडियो पनि मागेको छ। त्यसैगरी यही फिल्मको तीज गीतसमेत महोत्सवले माग गरेको छ।

फिल्ममा सृष्टिका साथै सौगात मल्ल, खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दिव्य देव पन्त, पुरस्कर गुरुङलगायत कलाकारको पनि अभिनय छ। फिल्ममा दयाहाङ राई र निश्चल बस्नेत पनि विशेष भूमिकामा देखिनेछन्।

सुर्वण थापा निर्देशित यस फिल्ममा सौगात मल्लका साथै देवकी बिष्ट र विक्रम दास जोशीको लगानी छ। नेपालमा भने यो फिल्म भदौ १० गते प्रदर्शन हुँदैछ।

Leave a Reply

%d bloggers like this: