Fri. Mar 29th, 2024

काठमाडाैँ । अष्ट्रेलियाको होबार्टमा नेपाली फिल्म ‘प्रकाश’ प्रदर्शन हुने भएको छ। कर्णालीका दुर्गम ठाउँको कथा बोकेको फिल्म अगस्ट २६ तारिख शुक्रबार होबार्टमा पनि प्रदर्शन हुने भएको हो।

होबार्टमा यो फिल्म सञ्चालन गर्नुको उद्देश्य कर्णालीको एउटा विद्यालयका बच्चाहरूको भावनासँग जोडिएको यस प्रदर्शनी कार्यक्रम आयोजकले जानकारी दिएको छ। होबार्टमा यो फिल्म प्रदर्शन गरेर उठेको रकमले कर्णालीको एउटा विद्यालयका बालबालिकाको भविष्यको अँध्यारोमा प्रकाश छर्न मद्दत गर्ने बताइएको छ।

अगस्ट २६ तारिख शुक्रबार साँझ ६ः १५ बजे होबार्टको भिलेज सिनेमा हलमा यो फिल्म प्रदर्शन हुने निश्चित भएको छ।

फिल्ममा प्रदिप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ।

बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको चलचित्रमा विकास सुवेदीको लेखन, राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुसाल, दिपक शर्मा, तारा प्रकाश लिम्बू र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पार्श्व संगीत रहेको छ।

कर्णालीको एउटा विद्यालयका बच्चाहरूको भावनासँग यो काम जोडिएको छ। यो गरेबापत उठेको पैसा त्यही विद्यालयमा जाने छ र तिनै बच्चाहरूको भविष्यको अँध्यारोमा लाइट बालेर उभिनेछ।

होबार्टमा यो फिल्म हेर्ने टिकटका लागि ओस्कार सागर भण्डारी, प्रकाश पन्थी, मदन बहादुर क्षेत्री, दिक्षिता पौडेल र एलिजा पंगेनीलाई सम्पर्क गर्न सकिने जानकारि दिइएको छ।

यो चलचित्र संगीत संवादले गरेको हो। संगीत संवाद नेपाली सोसाइटी अफ तास्मानियाको अभिन्न अंग हो। उक्त कार्यक्रम हरेक आइतबार दिउसो १–२ बजेसम्म होबार्ट एफएमबाट आउने गर्दछ।- एमएनटिभी

Leave a Reply

%d bloggers like this: