Tue. Apr 16th, 2024

काठमाडाैँ । बहुप्रतिक्षित फिल्म ‘प्रेमगीत ३’को प्रचार भातरको ठूलो शहर मुम्बइमा पनि भव्य रूपमा सुरू गरिएको छ। सोमबार विश्वव्यापी प्रदर्शन मिति रिलिज भएसँगै ‘प्रेमगीत ३’को प्रचारमा भारतीय वितरक टोली व्यापक रूपमा लागेको हो।

निर्माता सन्तोष सेनले मुम्बईका विभिन्न ठाउँमा टासिएका यस चलचित्रका पोस्टरहरू सार्वजनिक गरेका छन्। उनले तस्बीर फेसबुकमा राख्दै भनेका छन्, ‘हामी यतिबेला मुम्बई शहरमा छौं । मुम्बईमा मात्रै ३ करोड ३० लाख जनसंख्या छ, घुमघामका लागि र कामको खोजीमा जानेहरु जोड्नेहो भने ४ करोड हाराहारी पुग्छ । हामी यो ४ करोडसहित भारतभर र संसारभरका नागरिक समक्ष प्रेम गीत ३ मार्फत नेपाली भएर पुग्दै छौं । नेपाली पन बोकेर पुग्दै छौं । नेपाली स्वाद चखाउने गरी पुग्दैछौं । मुम्बई सपनाको शहर हो । दिनरात जाग्राम रहने मुम्बई हामीहरुको सपना पुरा गर्ने शहर पनि हो । यो देखिएको दृश्य मुम्बई शहरको हो, मुम्बई लगायत भारतभर यसैगरी नेपाली फिल्मको पोस्टर टांसिएको छ ।’

बलिउड र हलिउड फिल्मका पोस्टर टांसिने यी स्थान अहिले नेपाली फिल्म प्रेम गीत ३ ले ओगट्दै गर्दा असाध्यै खुसी लागेको सेनले उल्लेख गरेका छन्। संघर्षका अनेकौं पहाड छिचोल्दै ठूलो साहस बोकेर भारतीय बजारमा हाम फालेको उनले बताएका छन्।

नेपाली फिल्म भारतिय बजारमा मात्रै होइन, भारतिय भाषा समाबेश गरेर संसारभरका दर्शकसम्म पुग्दै गरेको उनले दाबी गरेका छन्।

उनले दक्षिण भारतीय फिल्मले दक्षिण एसियामा प्रभाव जमाए जसरी नै नेपाली फिल्मले पनि जमाओस् भन्ने उनले चाहना व्यक्त गरेका छन्। यो एउटा सपना भएको पनि उनले बताएका छन्।

यसबारे उनले लेखेका छन्,’साउथ, तमिल लगायतका चलचित्रले जसरी बलिउड र एशियन फिल्ममा आफ्नो दबदबा सुरु गरेको छ, त्यो सपना पनि हामी देख्न जरुरी छ । सपना देख्दा पुरा हुने सम्भावना हुन्छ, सपना नदेखेको मान्छे त्यतातिर लाग्दै लाग्दैन । हामी त्यस्तै सपना पछ्याउंदै हिडेका हौं ।’

 

Leave a Reply

%d bloggers like this: