Tue. Apr 16th, 2024

काठमाडाैँ । बहुप्रतिक्षित फिल्म ‘प्रेमगीत–३’को विश्वव्यापी प्रदर्शन मिति सार्वजनिक भएको छ। निर्माण पक्षले सोमबार यस फिल्मको विश्वव्यापी प्रदर्शन मिति सार्वजनिक गरेको हो।

निर्माण पक्षद्वारा सार्वजनिक सुचनाका अनुसार यो फिल्म अागामी सेप्टम्बर २३ तारिखबाट विश्वभर प्रदर्शन हुने भएको यो। फो फिल्म नेपाली र हिन्दी भाषामा सार्वजनिक हुनेछ।

त्यस्तै, निर्माण पक्षले सेप्टेम्बर १ तारिखमा ट्रेलर सार्वजनिक गर्ने निर्णय गरेको छ। ट्रेलरमा प्रदीप खड्का, क्रिस्टिना गुरूङ, शिव श्रेष्ठ देखिने बताइएको हो।

यो फिल्मको निर्देशक स्व. छेतेन गुरूङ र सन्तोष सेन हुन्। सुभाष काले, प्रशान्त कुमार गुप्ता, सन्तोष सेन र योगेश लखानीले निर्माण गरेको फिल्ममा दीप खड्का, कृष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा लगायतका कलाकारको मुख्य भूमिका छ ।

 

Leave a Reply

%d bloggers like this: