Tue. Apr 23rd, 2024

काठमाडाैँ। सुर्वण थापाले निर्देशन गरेको फिल्म ‘राधा’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ। आइतबार दिउँसो ओएसआर डिजिटल युट्युब च्यालनमा उक्त ट्रेलर सार्वजनिक गरिएको हो।

२ मिनेटभन्दा लामो ट्रेलरमा सृष्टि श्रेष्ठ, खगेन्द्र लामिछाने, दयाहाङ राइ, मेनुका प्रधान, दिव्या देव, लोकेन्द्र लेखक, साैगात मल्ल र निश्चल बस्नेत लगायत कलाकारहरू देखिएका छन्।

निर्देशक सुवर्ण र अभिनेता सौगात मल्ल निर्माता रहेको फिल्ममा सृष्टिसँगै सौगात मल्ल, खगेन्द्र लामिछाने, मेनुका प्रधान, दिव्य देव, बुद्धि तामाङ, पशुपति राई, पुष्कर गुरुङलगायत कलाकारको अभिनय छ। यो फिल्ममार्फत अभिनेता सौगात मल्ल निर्माताको रुपमा डेब्यू गरेका हुन्।

फिल्ममा दयाहाङ राई र निश्चल बस्नेत अतिथि भूमिकामा छन्। नरेन्द्र मैनालीले छायांकन गरेको फिल्मलाई निमेश श्रेष्ठले सम्पादन गरेका हुन्।

यो फिल्म भदौ १० गतेदेखि प्रदर्शन हुँदैछ।

Leave a Reply

%d bloggers like this: