Fri. Apr 19th, 2024

काठमाडाैँ । कुनै समय प्रवासमा नेपाली सिनेमाको प्रदर्शन एकादेशको कथाजस्तै थियो । नयाँ त परै जाओस्, पुराना चलचित्र पनि कर्मभूमिमा हेर्न पाइँदैनथ्यो तर आज सिनेमामा भित्रिएको नयाँ प्रविधिले असम्भव ठानिएका कुरा पनि सम्भव तुल्याएको छ ।

नेपालमा प्रदर्शन भएकै दिन प्रवासमा पनि त्यो चलचित्र हेर्न पाइन्छ । यसले नेपाल छाडेर प्रवास पुगेका नेपालीको मुहारमा खुसी र उत्साह एकसाथ देख्न पाइन्छ । फलानो देशमा फलानो चलचित्र यतिमा बिक्यो वा फलानो चलचित्रले विदेशमा यति कमायो भन्ने खबर सुन्दै आएका छौँ । विदेशमा रहेका नेपालीले यसरी नेपाली चलचित्रलाई दिनुभएको साथ र समर्थनले नेपाली चलचित्र निर्मातालाई पनि आर्थिक राहत मिलेको छ । अहिले त अवस्था पनि यस्तो आएको छ कि कुनै राम्रो ब्यानरमा बनेका र नेपालमा छायाङ्कनको समयदेखि नै चर्चामा आएका चलचित्र प्रवासी नेपालीले सुरुमा नै विदेशमा प्रदर्शन गर्न अग्रिम रकम तिरेर बुक गर्न थालेका छन् । यसबाट के बुझिन्छ भने प्रवासमा नेपाली चलचित्रको माग दिनदिनै बढ्दो छ ।

पछिल्लो समय विदेशमा नेपाली चलचित्रको बजार बढी भएको मुलुकमा पर्छ अस्ट्रेलिया । उच्च शिक्षा हासिल गर्न अस्ट्रेलिया पुगेका नेपाली विद्यार्थीको सङ्ख्या बढेसँगै त्यहाँ नेपाली चलचित्र हेर्ने दर्शकको सङ्ख्या पनि बढेको हो । करिब २० वर्षअघि नेपाली चलचित्र ।।।बलिदान’ लगेर अस्ट्रेलियामा प्रदर्शन गरेर नयाँ इतिहास बनाउनुभएका मन केसीले भन्नुभयो, “त्यतिबेला रहरमा यो चलचित्र लगिएको थियो तर आज अस्ट्रेलिया नेपाली चलचित्रको राम्रो बजार भएको छ ।” बलिदान’पछि उहाँकै नेतृत्वमा शत्रु गते’ र कान्छी’ पनि अस्ट्रेलियामा प्रदर्शन गरियो । नेपाली भाषा र संस्कृति अस्ट्रेलियामा फैलाउन यस कार्यले ठूलो भूमिका निर्वाह गरेको केसीको ठहर छ ।

नेपाली चलचित्रको प्रदर्शन अधिकार किनेर चलचित्र प्रदर्शन गर्ने वितरकको भनाइमा त्यहाँ ग्रामीण कथा र परिवेश भएका चलचित्र बढी चल्ने गरेका छन् । हाँस्य विधामा बनेका चलचित्र अस्ट्रेलियामा रहने नेपालीका लागि पहिलो छनोटमा पर्छन्। जात्रै जात्रा’ र कबड्डी–४’ प्रदर्शन गर्नुभएका रोशन भट्टराईका अनुसार धेरै खर्च गरिएका वा अत्याधुनिक कथा बोकेका चलचित्र अस्ट्रेलियामा बस्ने नेपालीले रुचाउँदैनन् ।

“महँगो प्रविधि, ठूला सहर र ठूला विषय हेर्न अस्ट्रेलियामा हलिउडकै चलचित्र छँदैछन् नि । यहाँ त आफ्नै गाउँको कथा, आफ्नै परिवेश, आफ्नै बोलीमा हाँस्य रस बोकेका चलचित्र बढी मन पराइन्छ,” भट्टराईले भन्नुभयो । जात्रै जात्रा’ र कबड्डी–४’का अस्ट्रेलिया वितरक भट्टराईका अनुसार यी दुई चलचित्रले गरेजस्तो व्यापार अरू चलचित्रले गर्न सकेका छैनन् । जात्रै जात्रा’ले एक करोड रुपियाँभन्दा माथि र कबड्डी–४’ले चार करोड रुपियाँभन्दा माथिको व्यापार गर्यो । कबड्डी–४’ले प्रदर्शनको ५१औँ दिन पनि मनायो । प्रवासमा प्रदर्शनको ५१औँ दिन मनाउन सफल भएको ।।।कबड्डी–४’ नै पहिलो नेपाली चलचित्र हो । एउटा नेपाली चलचित्रले अस्ट्रेलियामा मात्र चार करोड रुपियाँभन्दा माथिको व्यापार गरेपछि यहाँ नेपाली चलचित्रको प्रदर्शनमा आकर्षण बढेको छ ।

विदेशमा नेपाली चलचित्रले बजार विस्तार गरिरहेको अवस्थालाई सुखद मान्नुपर्छ । त्यसो त यहाँको बजारलाई अझ बढाउन यहाँ बस्ने नेपालीको चाहनालाई ध्यानमा राखेर नेपाली चलचित्र बनाउनुपर्ने निर्देशक रामबाबु गुरुङको सुझाव छ । पहिले पहिले विदेशमा विदेशी चलचित्रले यति कमायो रे भन्ने समाचार पढिन्थ्यो । आज नेपाली चलचित्रको बजार पनि विदेशमा यसरी विस्तार भएको देख्दा मन नै फुरुङ्ग भएर आउँछ,” कबड्डी–४’का निर्देशक गुरूङले भने।

स्ट्रेलियामा सबभन्दा बढी चलेका नेपाली चलचित्र । छक्का पन्जा’, कबड्डी’,कबड्डी कबड्डी’,कबड्डी–४’, जात्रै जात्रा’, शत्रु गते’लगायत हुन् । बजार व्यवस्थापन र प्रचार राम्रोसँग गर्न सकियो भने अस्ट्रेलिया नेपाली सिनेमाका लागि उर्वर देश बनिरहेको छ । व्यक्तिगत रूपमा सिनेमा किनेर लगी नेपालसँगै अस्ट्रेलियामा एकसाथ प्रदर्शन गर्ने जुन चाँजोपाँजो मिलाइन्छ। यो कार्य गर्ने प्रवासी नेपालीप्रति नेपाली चलचित्र क्षेत्र नतमस्तक हुनैपर्छ । त्यसो त अस्ट्रेलियामा नेपाली सिनेमाको बजार विस्तार हुँदै बृहत् भए पनि सबै सिनेमाको व्यापार राम्रै हुन्छ भन्ने पनि छैन । केही सिनेमाको व्यापार नहुनाले त्यहाँका वितरकहरू पनि मारमा नपरेका होइनन् । घाटा होस् या नाफा, प्रवासमा नेपाली सिनेमा हेर्ने बानी पार्नसक्नुलाई नै ठूलो कुरा मान्नुपर्छ । गोरखापत्रमा राजन घिमिरले लेख।

Leave a Reply

%d bloggers like this: