Sat. Apr 27th, 2024

काठमाडाैँ । फिल्म ‘बाबरी’को दोश्रो गीत सार्वजनिक भएको छ। केही महिनाअधि शीर्ष गीत सार्वजनिक गरेको निर्माण पक्षले बिहीबार ‘केन्द्र मोसन पिक्चर्स’ युट्युबमार्फत ‘चुलबुल चुलबुल’गीत सार्वजनिक गरेको हो।

गीतमा सुजन चापागाइं र सुनिता थेगिमको अावाज रहेको छ। त्यस्तै, रवीन्द्र लामिछानेले शब्द कोरेका छन् भने गीतको संगीत निर्देशन सुजन चापागाइंले नै गरेका छन्।

गीतमा मिक्सिङको काम कोबिद बज्रद्वारा गरिएको छ।

गीतको भिडियो धिरज मगर, अदिति बुढाथोकी, बादल भट्ट, शेखर चापागाइं, कमल मणी नेपाल, सुनिता श्रेष्ठ, त्रिसला तामाङ लगायत कलकाकारको अभिनय रहेको छ।

सुरेन्द्र पाैडेलको निर्देशन रहेको बाबरी भदाै ३१ गतेदेखि देशभर प्रदर्शन हुँदैछ।

Leave a Reply

%d bloggers like this: