Tue. Apr 16th, 2024

काठमाडाैँ । कबड्डी फिल्मको चाैथो सिक्वेल ‘कबड्डी ४’ सबैभन्दा सफल नेपाली चलचित्र साबित भएको छ । नेपाली चलचित्र जगतमा सबैभन्दा धेरै कमाइ गर्दै यो फिल्म सबैभन्दा सफल नेपाली चलचित्र साबित भएको हो ।

रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी ४’ ले घरेलु बक्स अफिसमा सर्वाधिक कमाइ गर्ने फिल्मको रेकर्ड राख्यो । जेठ १३ बाट प्रदर्शन भएको यो फिल्मले चाैथो हप्तामा समेत उस्तै समर्थक र प्रशंसा बटुलिरहेको छ ।

यसअघि ‘छक्का पन्जा ३’ ले २० करोड कमाएको थियो । तर, कबड्डी-४ ले  ‘छक्का पन्जा ३’लाइ पछि पार्दै तेस्रो सातासम्म २१ करोड ३७ लाख कमाएको छ । दर्शकहरूको अझै बाक्लो उपस्थिति देखिएका कारण यो फिल्मको कमाइ अझै बढ्ने अनुमान सहजै गर्न सकिन्छ ।

जेठ १३ गतेदेखि प्रदर्शन भइरहेको फिल्मले पहिलो दिन तीन करोडमाथि कमाएको थियो ।

फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ ।

Leave a Reply

%d bloggers like this: