Thu. Apr 25th, 2024

काठमाडाैँ । रिलिज भएको दोश्रो सातामा नै कबड्डी-४ ले २० करोड बढीको व्यापार गरेको छ । गत शुक्रबारबाट देश तथा विदेशमा रिलिज भएको यस फिल्मले सातामा नै एेतिहासिक व्यापार गर्न सफल भएको हो ।

फिल्म निर्माता तथा वितरक गोविन्द शाहीले उपत्यकामा कबड्डी-४ वितरण गरिरहेका छन् । उनका अनुसार यस फिल्मले १४ दिनमा २० करोड ३ लाखको व्यापार गर्दै नयाँ रेकर्ड कायम गर्न सफल भएको छ ।

अहिलेसम्म नेपाली तथा विदेशी फिल्मले पहिलो हप्तामा नै १५ करोड कमाउन सफल भएका छैनन् । नेपालमा व्यापक हाइप भएको केजीएफ-२ ले जम्मा १० करोड हाराहारीको व्यापार पहिलो हप्तामा गरेको थियो ।

यो फिल्मले नेपालमा अहिलेसम्मको सबैभन्दा धेरै शो पाउने रेकर्ढ पनि बनाइसकेको छ । यस फिल्मले नेपाली बक्स अफिसका बिग मुभिजमा १७ शो पाउँदा एफक्युब मुभिजमा पनि १७ वटा नै शो पाएको छ भने वान सिनेमामा १४ शो ।

त्यस्तै, नेपालमा लोकप्रीय फिल्म थिएटर क्युएफएक्समा १०५ शो पाएको छ । क्युएफएक्समा यति धेरै शो हलिउड र बलिउड कुनै पनि फिल्मले पाउन सकेका थिएनन् ।

कबड्डीको अन्तिम सिक्वेलमा दयाहाङ राई, बुद्दि तामाङ, अभिनेत्री मिरुना मगर, अभिनेता सौगात मल्लको मुख्य भूमिका रहेको छ । यो फिल्मको निर्देशन रामबाबु गुरुङले गरेका हुन् ।

यस चलचित्रका निर्देशक गुरूङले कबड्डीबाट नै फिल्म निर्देशनमा डेब्यु गरेका थिए । २०१४ बाट फिल्म निर्देशनमा डेब्यु गरेका गुरूङले अहिलेसम्म कबड्डी, कबड्डी-२, कबड्डी-३, कबड्डी-४, लगायत छन् । यी सबै चलचित्र व्यवसायिक रूपमा सफल समेत भएका छन् ।

यो फिल्मले अहिलेसम्म नेपाली चलचित्र बजारमा भएका सबै रेकर्डहरू तोड्दै अाफ्नो नाममा गरेका छ । यस्ता छन् यो फिल्मले बनाएका रेकर्डहरू…

१. सर्वाधिकशो पाउने फिल्म

२. उच्च अग्रिम टिकट बुकिङ हुने फिल्म

३. पहिलो दिन सबभन्दा धेरै कमाउने फिल्म

४. पहिलो साता सबभन्दा धेरै कमाउने फिल्म

५. अष्ट्रेलियामा धेरै कमाउने फिल्म

६. दोस्रो साता धेरै कमाउने फिल्म

७. सर्वाधिक कमाइ गर्ने फिल्म

Leave a Reply

%d bloggers like this: