Fri. Mar 29th, 2024

काठमाडाैँ । नेपाली फिल्म ‘मन्त्र’ आजबाट देशभर प्रदशर्नमा आएको छ । केही महिना अघि ट्र्रेलर सार्वजनिक गरेको फिल्म आजबाट प्रदर्श्न भएको हो ।

निर्माण पक्षले बुधबार फिल्मको ग्राण्ड प्रिमियर आयोजना गरेको थियो । उक्त समारोहमा फिल्म हेरिसकेपछि कलाकारहरूले फिल्म राम्रो बनेको भन्दै तारिफ गरेका थिए ।

प्रेम र विछोडको धारलाई नै समातेको यो चलचित्रमा सौगात मल्ल र दीया पुनको अलावा बुद्दि तामाङ, नमिता घिसिङ्ग, बिरबहादुर लामा, पासाङ्ग टि शेर्पालगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

चलचित्रमा परिक्षेद सेनको कथा, साम्तेन भुटिया, सुनिल निहुरे र सेन स्वयंको पटकथा, सन्तोष सुनारको संगीत, सञ्जय लामाको छायांकन रहेको छ । अभिनेता सौगात मल्ल र अभिनेत्री दीया पुनको अभिनयमा बनेको मन्त्रमा नेपालको हिमाली क्षेत्रको भेषभुषा र लवज हेर्न पाइन्छ ।

चलचित्रको छायाँकन ५१०० मिटरभन्दा माथिको उचाइँमा रहेको मनास्लु हिमालको बेसक्याम्प क्षेत्रमा गरिएको हो ।

Leave a Reply

%d bloggers like this: