Wed. Apr 24th, 2024

काठमाडाैँ । फिल्म कबड्डी-४ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । सोमबार निर्माण पक्षले युट्युबमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरेको हो ।

रामबाबु गुरूङले नै निर्देशन गर्ने यो फिल्म बासुरी फिल्मसले निर्माण गरेको हो । फिल्ममा दयाहाङ  राइ, साैगात मल्ल र निश्चल बस्नेत लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

यसका तीन वटा सिक्वेलमा लोकप्रीय कलाकार दयाहाङ राइ तथा बुद्धि तामाङ लगायतले लिड रोल पाएका थिए । नेपाली दर्शकमाझ कबड्डी, कबड्डी कबड्डी र कबड्डी कबड्डी कबड्डी लोकप्रीय  फिल्म हुन् ।

रामबाबु गुरुङ निर्देशित कबड्डीको तेस्रो सिक्वेलमा दयाहाङ राई, कर्मा, उपासना सिंह ठकुरी, विल्सन विक्रम राई, वुद्दि तामाङ लगायतका कलाकारले मुख्य भुमिका निभाएका थिए ।

२०७६ सालमा उक्त फिल्मले नेपाली फिल्ममध्ये सबैभन्दा धेरै व्यापार गरेको थियो । कबड्डी ४ सँगै  कबड्डीको सिक्वेल सकिनेछ । कबड्डीको यो नै अन्तिम सिक्वेल हो ।

ट्रेलर सार्वजनिक गरेसँगै निर्माण पक्षले नयाँ प्रदर्शन मिति पनि तय गरेको छ । निर्माण पक्षले ट्रेलरमार्फत नै दिएको जानकारी अनुसार यो फिल्म बैशाख २३ गते रिलिज हुनेछ ।

Leave a Reply

%d bloggers like this: