Tue. May 14th, 2024

काठमाडाैँ । जि-बबले गाएको ‘ए मेरो हजुर ४’को गीत युट्युब ट्रेन्डिङको पहिलो स्थान पर्न सफल भएको छ । सार्वजनिक भएको २ घण्टामा नै ट्रेन्डिङमा परेको ‘भाग भाग’ गीत २४ घण्टा पनि नपुग्दै पहिलो स्थानमा उक्लिएको हो ।

जी–बबले ए मेरो हजुरका लागि गाएको समाचार सार्वजनिक भएसँगै उनका फ्यानहरु यस गीतको व्यग्र प्रतिक्षामा थिए । गीत रिलिज हुनासाथै भ्यूज र कमेन्टको बाढी आएको छ । तीन घन्टामै तीन हजार प्रतिक्रियाहरु आइसकेका छन् । अधिकांस प्रतिक्रियामा जीबबको तारिफ गरिएको छ ।

र्याप ब्याटलका क्रममा गाएको ‘मिलेन लेवल तेरो बाउ बोला ए…’ बाट जी–बब भाइरल भएका थिए । यस चलचित्रमा गाएको ¥यापमा पनि जी–बबले सोही फ्लेवर प्रस्तुत गरेका छन् । गीतका केही अंशमा ‘मिलेन लेबल…’ कै रिमिक्स जस्तो सुनिन्छ । यद्यपि, केही नयाँ स्वाद पनि थपेका छन् जीबबले ।

जी-बबले गाएको यो गीतले सनसनी पिटेसँगै फिल्मले पनि बजार तताउने संकेत देखाएको छ । यसअघिका सबै सिरिजहरू सुपर हिट हुँदा यो सिरिजले राम्रो व्यापार गर्ने लगभग निश्चित नै देखिएको छ ।

यो फिल्म अागामी वैशाख १ गतेदेखि नेपालभर प्रदर्शन हुँदैछ । अाजबाट यो फिल्मको बुकिङ समेत सुरू भइसकेको छ । बुकिङ अोपन भएको दिन नै पनि फिल्मका लागि टिकट बुक गर्नेहरूको संख्या उल्लेख्य रहेको छ ।

 

Leave a Reply

%d bloggers like this: