Thu. Apr 18th, 2024

काठमाडौँ । विश्व सुन्दरीको उपाधि पोल्यान्डकी क्यारोलिना बेइलावस्काले जितेकी छन् । विहीबार बिहान अमेरिकी टापु राज्य पुएर्तोरिकोमा सम्पन्न ७० औं संस्करणको मिस वल्र्ड ग्रान्ड फिनालीमा क्यारोलिनाले मिस वर्ल्डको ताज पहिरेकी हुन् ।

अमेरिकाकी श्री साइनी फस्ट रनरअप र कोटे डी आइभोरकी ओलिभिया एस सेकेन्ड रनरअप घोषित भइन् । अघिल्लो संस्करणकी विजेता टोनीएन सिङले नयाँ विजेतालाई ताज पहिर्‍याइन् । ४० जनाले फाइनल राउन्डमा सहभागीता जनाएका थिए ।

Leave a Reply

%d bloggers like this: