Thu. Apr 18th, 2024

काठमाडाैँ । चर्चित हास्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण भएको छ । गजुरेलले आफुलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

गजुरेलले सामाजिक सञ्जालमा लेखेका छन् : ‘पहिलेजस्तो सातो लिने र दोश्रो जस्तो ज्यानै लिनेचाहि हैन, तर थलाचाहि राम्रैसँग पार्दोरहेछ । ढुक्कसँग उपचार गरौं, केही नहुन्जेल केही पनि हुँदैन ।’

उनले कोरोनाको तेश्रो भेरियन्ट ओमिक्रोनबाट होम आइसोलेसनमा बसेका र आइसीयुमा पुगेका सबैको स्वास्थ्य लाभको कामना गरेका छन् ।

गजुरेललाई यसअघि पनि कोरोना संक्रमण भएको थियो । उनी केही समय अस्पताल बसेर डिस्चार्ज भएका थिए ।

Leave a Reply

%d bloggers like this: