Tue. Apr 16th, 2024

काठमाडाैँ । अभिनेत्री शिल्पा पोखरेलले भोजपुरी सुपरस्टार दिनेश लाल यादव निरहुआसँगै अभिनय गर्ने भएकी छन् । उनी दुई फिल्म ‘निरहुआ चलल लन्दन २’ र ‘हनुमान की गली’ मा निरहुआको अपोजित भूमिकामा देखिन लागेकी हुन् ।

सोनु खत्रीको निर्देशन रहने यी दुबै फिल्ममा शिल्पा हालै अनुबन्धित भएकी हुन् । फिल्ममा अभिनेत्री अम्रपाली दुबेको समेत अभिनय रहनेछ । फिल्म निर्माण घोषणा हालै भएको थियो । कार्यक्रममा शिल्पाले भोजपुरीमा फिल्म रहरले भन्दा पनि आफ्नो स्थान बनाउन अभिनय गर्न लागेको बताएकी थिइन् ।

यस अगाडि शिल्पाले ‘जय शम्भु’ र ‘प्रेमगीत २’ नाम भोजपुरी फिल्म अभिनय गरेकी छन् ।

Leave a Reply

%d bloggers like this: