Tue. Mar 19th, 2024

काठमाडाैँ । बहुप्रतिक्षित अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापाको मुख्य भूमिका रहेको फिल्म ‘ए मेरो हजुर ४’ को अष्ट्रेलिया राइट ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टरले किनेको छ । महङ्गो रकम फिल्मको अष्ट्रेलिया राइट किनिएको हो ।

राइटको बिषयमा फिल्मको तर्फबाट निर्देशक झरना थापा, ग्लोबल मिडियाको चियर पर्सन हरि मल्ल ठकुरीबीच आइतबार सम्झौता भएको छ । फिल्मको अष्ट्रेलियामा प्रदर्शन लगायतको सम्पूर्ण ब्यवस्थापन ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टरका प्रबन्ध निर्देशक गणेश मल्ल ठकुरी( जिएम) ले गर्नेछन् । ग्लोबल मिडियाले यस अगाडि थुप्रै फिल्मको अष्ट्रेलिया राइट किनिसकेको छ ।

‘कलाकार तथा निर्माण युनिट राम्रो हुनुका साथै फिल्मको चर्चा पनि भएकोले आफुले अष्ट्रेलिया राइट किनेको हो’ ग्लोबल मिडियाको चियर पर्सन हरि मल्ल ठकुरीले बताए । झरना थापा निर्देशित फिल्ममा अनमोल र सुहानाको अलवा सलोन बस्नेत मुख्य भूमिकामा छन् ।

फिल्मले युवा बर्गको प्रेमकथा मुख्य बिषयबस्तु बनाएको छ । ‘ए मेरो हजुर ४’ हिट फिल्म ‘ए मेरो हजुर’ को चौथो सिक्वेल हो । ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टरले औरियल प्रोडक्सनसँगको सहकार्यमा फिल्म ‘लाखे’ निर्माण गर्न लागेको छ । जसको छायाङ्कन केही दिनमा सुरु हुँदैछ । यो समाचार रातोपाटीमा रहेको छ ।

Leave a Reply

%d bloggers like this: