Wed. Apr 24th, 2024

काठमाडाैँ । भारतीय चर्चित गायक राहत फतेह अलि खानले ‘प्रेम गीत ३’को गीत गाएका छन् । नेपाली र हिन्दी भाषामा रिलिज हुने यस फिल्मको हिन्दी भर्सनका लागि खानले स्वर दिएका हुन् ।

भारतमा हिन्दी डबिङ भएको फिल्ममा धेरै चर्चित कलाकारहरूको संलग्नता रहेको थियो । फिल्मको हिन्दी भर्सनमा  बलिउडका चर्चित गायक, म्युजिसियन तथा गीतकार आबद्ध भएका छन् ।

त्यस्तै, गायक खानले ‘ये सनम तुही तु’ बोलको गीत गाएका छन् । त्यस्तै, ‘तुम प्यार हो’ मार्फत् अंकित तिवारी र पलक मुछालले आवाज दिएका छन् ।

यो फिल्म नेपालमा फागुन १३ गते प्रदर्शन गरिने घोषणा गरिएको छ । फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, सुनील थापा, शिव श्रेष्ठ, मनिष राउत, सन्तोष सेन, लक्ष्मी बर्देवा, जीवन भट्टराई, पुष्कर कार्की, अनुभव रेग्मी, प्रेम पुरी, क्रिजन गौतमलगायत कलाकारको अभिनय देख्न सकिन्छ ।

यो फिल्म हिन्दीसँगै अन्य भाषामा पनि डबिङ हुने बताइएको छ ।

Leave a Reply

%d bloggers like this: