Sun. May 5th, 2024

काठमाडाैँ । सफल फिल्म कबड्डीको तेश्रो सिक्वेल ‘कबड्डी कबड्डी कबड्डी’ युट्युबमा सार्वजनिक भएको छ । करीब २ वर्षअघि सिनेमा हलहरूमा रिलिज भएको फिल्म मंगलबार ओएसआर डिजिटल युट्युब च्यानलमा सार्वजनिक भएको हो ।

फिल्मले हलमा रिलिज भएको दिन नै करीब ५० करोडको व्यापार गरेको थियो । त्यस्तै, आज युट्युबमा ससार्वजनिक भएको केही घण्टामै फिल्म १ लाखभन्दा बढी दर्शकले हेरिसकेका छन् ।

रामबाबु गुरुङ निर्देशित यस फिल्ममा दयाहाङ राई, रिश्मा गुरुङ, उपासना सिंह ठकुरी, विल्सन विक्रम राई, बुद्धि तामाङ, विजय बराल, पुस्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, लूनिभा तुलाधर, कमलमणि नेपाल, अरुणा कार्की पोखरेललगायत कलाकारको अभिनय रहेको छ ।

 

Leave a Reply

%d bloggers like this: