Fri. Apr 26th, 2024

एजेन्सी । यो वर्षको बालोन डी ओर फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लियोनल मेस्सीले हात पारेका छन् । सोमबार राति आयोजित एक विशेष समारोहबीच फ्रेन्च फुटबलले मेस्सीलाई उक्त अवार्ड प्रदान गरेको हो ।

अर्जेन्टिनाका कप्तान मेस्सीले २०२१ को उत्कृष्ट खेलाडी बन्दै सातौं पटक बालोन डी ओर अवार्ड जितेका हुन् । मेस्सीले रोबर्ट लेवान्डोस्की र जोगिन्होलाई पछि पार्दै अवार्ड जिते। यसअघि उनले २००९, २०१०, २०११, २०१२, २०१५ र २०१९ मा सो अवार्ड जितेका थिए ।

फ्रेन्च फुटबलले खेल पत्रकार, राष्ट्रिय टिमका कप्तान र प्रशिक्षकहरुको भोटको आधारमा विजेता घोषणा गरेको हो ।

Leave a Reply

%d bloggers like this: