Thu. Mar 28th, 2024

काठमाडाैँ । फिल्म ‘प्रेमगीत-३’ फागुन १३ गतेबाट प्रदर्शनमा आउने भएको छ । फिल्मका निर्माता सन्तोष सेनले फेसबुकमार्फत आगामी फागुन १३ गतेबाट फिल्म दर्शकहरूमाझ ल्याउने जानकारी दिएका हुन् ।

उनले फेसबुकमा भनेका छन्, ‘हजुरहरुको लागी ठुलो चुनौती मोलेर एउटा यस्तो काम गर्ने हिम्मत जुटाएका थियौं.. कोरना कालको समयमा पनि थप हिम्मतका साथ नेपाल देखी भारत को यात्रामा दिग्गज दिग्गजलाई समेट्न सकेका थियौ .. अन्तत फागुन_१३ गते हजुरहरुलाई सुम्पने निर्णय लिएका छौ… केही दिनमा ट्रेलर सहित प्रमोशनमा हजुरहरु माझ आउनेछौ…’

प्रेमगीतका अन्य २ सिक्वेल सफल भइसकेका छन् । सोही फिल्मको यो तेश्रो सिक्वेल हो ।

चलचित्रमा शिव श्रेष्ठ, प्रदीप खड्का, मनीष राउत, अनुभव रेग्मी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, लक्ष्मी वर्देवा, जीवन भट्टराईलगायत कलाकार रहेका छन् । ऐतिहासिक प्रेमकथामा बनेको चलचित्रमा कृष्टिना गुरुङले अभिनेत्रीको रूपमा डेब्यु गरेकी छन् ।

२०७६ सालको चैतमा प्रदर्शनको मिति तोकिएको फिल्म कोरोना भाइरसको महामारीका कारण प्रदर्शन हुन पाएको थिएन ।

फिल्म भारतमा समेत प्रदर्शन हुनेछ । यसका लागि हिन्दी भाषामा डबिङको काम पनि सकिइसकेको छ । भारतका चर्चित फिल्महरू डबिङ गरेका कलाकारहरूले यो फिल्मको डबिङमा आवाज दिएका छन् ।

सोन्तोष सेनको निर्माण र छेतेन गुरूङको निर्देशन रहेको यो फिल्म आसुसेन फिल्मस्को ब्यानरमा बनेको छ ।

Leave a Reply

%d bloggers like this: