Fri. Apr 26th, 2024

काठमाडौँ । अष्ट्रेलियाले टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार राती दुबईमा भएको फाइनलमा न्युजिल्यान्डलाई ८ विकेटले हराउँदै अष्ट्रेलियाले पहिलोपटक टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जितेको हो ।

न्युजिल्यान्डले दिएको १७३ रनको लक्ष्य अष्ट्रेलियाले ७ बल बाँकी छदै २ विकेट गुमाएर भेट्टायो । सेमिफाइनलमा पाकिस्तानलाई हराउँदै दुबईको फाइनलमा टस जितेर फिल्डिङ रोज्ने निर्णय गरेको अष्ट्रेलियाका मिचेश मार्शले नटआउट ७७ र डेभिड वार्नरले ५३ रन बनाए ।

यस्तै ग्लेन म्याक्सवेलले नटआउट २८ रन बनाउँदा कप्तान आरोन फिन्च ५ रनमै आउट भए । न्युजिल्यान्डका ट्रेन्ट बोल्टले २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७२ रन बनाएको थियो । उसका लागि कप्तान केन विलियम्सनले सर्वाधिक ८५ रन बनाए । मार्टिन गुप्टिलले २८ रन बनाए ।

Leave a Reply

%d bloggers like this: