Thu. May 2nd, 2024

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले तिहार (दीपावली) मनाउने विश्वभरका सबैलाई शुभकामना दिएका छन् । राष्ट्रपति बाइडेनले आफ्नो ट्वीटर अकाउन्टमा राष्ट्रपति निवास ह्वाइट हाउसभित्र दियो बालेको तस्बिर सेयर गर्दै दीपावलीको शुभकामना दिएका हुन् ।

बाइडेनले बिहीबार लक्ष्मीपूजाको रात नेपाली समयअनुसार ८ बजेर ३१ मिनेटमा बाइडेनले उक्त शुभकामना सन्देश पोस्ट गरेका हुन् । तस्बिरमा उनकी पत्नी तथा अमेरिकाकी प्रथम महिला जील बाइडेन पनि सँगै देखिएकी छन् ।

उनले भनेका छन्, ‘प्रकाशले हामीलाई सधैं यो स्मरण गराओस्, हरेक अन्धकारपछि ज्ञान, चेतना र सत्यको समय आउनेछ । विभाजनपछि एकता आउनेछ र दुःखपछि आशा पलाउनेछ ।’

Leave a Reply

%d bloggers like this: