काठमाडाैँ । मोडल तथा कलाकार निशा घिमिरेको निधन भएको छ ।
काठमाडाैँको नर्भिक अस्पतालमा केही महिनादेखि उपचाररत घिमिरेको बुधबार निधन भएको अस्पतालले जनाएको छ । अस्पतालले दिएको जानकारी अनुसार उनको बुधबार साँझ ६ः ५१ बजे निधन भएको हो ।
लगातारको उपचारपछि पनि उनको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन सकेको थिएन ।
जिउँदो लाशजस्तो भएर घरमै थन्किएकी घिमिरेलाई २०७८ जेठ २७ गते नर्भिक अस्पतालले निः शुल्क उपचार गरिरहेको थियो ।
उनी भारतमा मोडलिङ अध्ययन गर्न गएको अवस्थामा दुर्घटनामा परी गम्भीर घाइते भएकी थिइन् ।
