Fri. Apr 19th, 2024

काठमाडाैँ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उपत्यष्का निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ । आज बसेको बैठकले निषेधाज्ञा जारी राख्दै केही क्षेत्र खुलाउने र केही बन्द नै रहनदिने निर्णय गरेको हो ।
बैठकले सिनेमा हल भदौ १७ गते बिहीबारबाट खुलाउने निर्णय गरेका छन् । योसँगै मनोरञ्जन स्थल, जिमखाना, खेलकुद, व्युटीपार्लर सैलुन लगायतका अहिलेसम्म बन्द रहेका व्यवसाय सञ्चालन हुने भएका छन्। बुधबार बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले जारी निषेधाज्ञाबारे थप निर्णय गर्दै विद्यालय सञ्चालनबारे भने अस्पष्ट निर्णय गरेका हुन् ।
कोरोना सङ्क्रमण दरलाई विश्लेषण गरेर विद्यालयबारे यस्तो निर्णय गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीराज निरौलाले जानकारी दिए ।

Leave a Reply

%d bloggers like this: