Mon. Apr 29th, 2024

काठमाडाैँ । नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणा प्रहरी नायब महानरीक्षक (डीआईजी)मा बढुवा भएका छन् । मन्त्रीपरिषद्ले साउन ७ गते गरेको सिफारिस अनुसार उनी बढुवा भएका हुन् ।
बढुवा भएका राणालाई प्रहरी प्रधान कार्यालयले आइतबार दर्ज्यानी चिन्ह समेत दिएको छ ।
प्रहरी महानिरीक्षक शैलेश थापाका ब्याजी उनलाई ७ गते गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले डीआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।
डीआईजी सहकुल बहादुर थापाको एआईजीमा बढुवा भएपछि एउटा दरबन्दी खाली थियो ।

Leave a Reply

%d bloggers like this: