Mon. Apr 29th, 2024

काठमाडौँ । इङल्याण्ड युरोकपको फाइनलमा पुगेको छ । सेमिफाइनल खेलमा डेनमार्कलाई २–१ गोल अन्तरले पराजित गर्दै इङल्याण्ड पहिलो पटक युरोकपको फाइनलमा पुगेको हो ।
वेम्बली स्टेडियममा बिहीबार बिहान भएको दोस्रो सेमिफाइनल खेलामा डेनमार्कलाई २–१ पराजित गर्दै घरेलु टोली इंग्ल्यान्ड उपाधि नजिक पुगेको छ । अब उपाधिका लागि इंग्ल्यान्डले इटालीसँग प्रतिस्पर्धा गर्ने छ ।
बुधबार बिहान सम्पन्न पहिलो सेमिफाइनलमा स्पेनलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै इटाली फाइनलमा पुगिसकेको छ ।
इङल्यान्डको जितमा अतिरिक्त समयको १०४औ मिनेटमा ह्यारी केनले निर्णायक गोल गरेका थिए । इङल्याण्डले पाएको पेनाल्टी हान्दै केनले हानेको पेनाल्टी डेनमार्कका गोलकिपरले बचाएपनि बाउन्स भएर आएको बललाई केनले गोलमा परिणत गरेका थिए । केनको यस युरोकपमा यो चौथो गोल हो ।
निर्धारित ९० मिनेटमा दुवै टिमबाट १–१ गोल भएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा खेलाइएको थियो ।
खेलको पहिलो हाफमा खेलको ३०औ मिनेटमा मिकेल डाम्सगार्डले फ्रिकिकबाट सुन्दर गोल गर्दै डेनमार्कलाई शुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै खेलको ३९औ मिनेटमा इङल्याण्डका बुकायो साकाले हानेको क्रस बललाई डेनमार्कका सिमन कजीरले आफ्नै पोष्टमा हानेपछि आत्मघाती गोल भएको थियो ।
अब युरोकपको फाइनल खेल इटाली र इङल्याण्डबीच आइतबार राति नेपाली समय अनुसार १२ः ४५ बजे हुने छ । सन् १९६६ मा भएको विश्वकपको फाइनल खेलेपछि इंग्लिस फुटबल टिम मुख्य प्रतियोगितामा लगातार चुक्दै आएको थियो ।

Leave a Reply

%d bloggers like this: