Fri. Mar 29th, 2024

एजेन्सी । बलिउड अभिनेता संजयदत्त युएईको गोल्डेन भिषा प्राप्त गरेका छन् । जसको जानकारी अभिनेता दत्तले सामाजिक संजालबाट शेयर गरेका हुन् ।
भिषा प्राप्त गरेको खुसी शेयर गर्दै संजयले युएई सरकारलाई धन्यवाद पनि दिएका छन् ।
गोल्डेन भिषा लामो समय बस्न दिइने अनुमति हो । जसको सुरुवात २०१९ मा दुवईको प्रसासकले गरेका थिए । जसको जारी २०२० बाट सुरु गरिएको हो ।
१० वर्ष अवधि रहने यसको मुख्य उद्देश्य प्रतिभाशाली व्यक्तिलाई गल्फ राष्ट्रमा राख्नु रहेको छ । यो भिषा विशेष गरेर पीएचडी होल्डर, डाक्टर, इन्जिनियर्सलगायतलाई दिने गरिन्छ ।
बलिउड फिल्म उद्योगबाट यो भिषा प्राप्त गर्ने अभिनेता दत्त पहिलो ब्यक्ति हुन् ।

Leave a Reply

%d bloggers like this: