Mon. May 13th, 2024

काठमाडाैँ । अभिनेत्री वर्षा राउतलाई कोरोना संक्रमण भएको छ । उनले फेसबुकमार्फत कोरोना संक्रमण भएको सबैलाई जानकारी दिएकी छिन् ।
अभिनेत्री रावतले कोरोना संक्रमण भएपछि आफूले स्वाद र गन्ध गुमाएको वर्षाले बताएकी छन् । यद्यपी उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ ।
कोरोना संक्रमण भएपछि वर्षा रावतले होम आइसोलेसनमा बसिरहेकी छन् ।
देभभर कोरोना संक्रमण बढ्दै गएपछि कोरोना संक्रमित हुने सेलिब्रेटीहरूको संख्या पनि बढ्दै गएको छ । अहिलेसम्म वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, गायक प्रकाश सपुत, कलाकारहरु दीपक आचार्य, सरिता लामिछाने, शिल्पा मास्के, निर्देशक ऋषि लामिछाने लगायतका कलाकारलाई कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

Leave a Reply

%d bloggers like this: