Thu. Apr 25th, 2024

एजेन्सी । ९३ औं अस्कर अवार्डको मनोनयन सार्वजनिक भएको छ । अभिनेत्री प्रियंका चोपडा र उनका पति निक जोनसले २३ वटै विधाको मनोनयन सार्वजनिक गरेका हुन् । भर्चुअलरुपमा सोमबार बेलुका नोमिनेसन घोषणा भएको हो ।
यसमा नेटफिल्क्सले निर्माण गरेको फिल्म ‘‘म्यांक’ १० विधामा मनोनित भएको छ भने अर्को नोमल्यान्ड ६ विधामा मनोनित भएको छ । अस्कर अवार्ड वितरण आउँदो अप्रिल २५ मा बताइएको छ । यस अवार्डलाई इतिहासमा पहिलोपटक समावेशी मनोनयन घोषणा भएको बताइएको छ ।
यस पालिको अस्करमा मनोनित हुने फिल्महरू द ह्वाइट टाइगर, अनवार्ड, अोभर द मुन, फर्मेग्डन, सोउल, वुल्फ्स्वाकर, न्युज अफ द वर्ल्ड र टेनेट रहेका छन् ।
 

Leave a Reply

%d bloggers like this: