Fri. Mar 29th, 2024

मुम्बई । अभिनेता अमिताभ बच्चन र इमरान हाशमीको फिल्म ‘चेहरे’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा रीया चक्रवर्ती समेतको झलक समेटिएको छ । रीयालाई ट्रेलरमा २ सेकेन्ड मात्र देखाइएको छ ।
अभिनेता सुशान्त सिंह राजपुतको मृत्युपछि रीयालाई कयौं आरोप लागेको थियो । उनलाई जेलमा पनि राखिएको थियो ।
फिल्मको पोस्टरमा भने रीयालाई टाढा राखिएको छ । ट्रेलरमा रीयाको झलक देखिएपछि सुशान्तका फ्यान भड्किन सक्छन् । फिल्ममा अमिताभ, इमरान, अलवा अन्नु कपुर, क्रिस्टल डिसुजा, ,धुतिमान चक्रवर्ती, रधुवीर यादव, र सिद्धान्त कपुर जस्ता स्टारको पनि अभिनय रहेको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

Leave a Reply

%d bloggers like this: