Sat. May 4th, 2024

काठमाडाैँ । भारतीय अभिनेत्री कंगना रनाेटले ट्वीटर बन्द गर्न भारतीय प्रधानमन्त्री मोदी समक्ष माग गरेकी छन् । बिहीबार रनोटले मोदी समक्ष ट्वीटर बन्द गर्न माग गरेकी हुन् ।
उनले ट्वीटरमा मोदी समक्ष अनुरोध गर्दै पृथ्वीराज चाैहानको जस्तै गल्ती नदोहोर्याउन सुझाव दिएकी छिन् । ‘सम्माननीय प्रधानमन्त्री ज्यु, जुन गल्ती महान योद्धा पृथ्वीराज चाैहानले गरे , सोही गल्ती बिल्कुल नगर्नुहोस् । उक्त गल्तीको नाम माफी थियो…ट्वीटरले जति माफी मागे पनि विल्कुल माफ नगर्नुहोस् । ट्वीटरले सिभिल वारका लागि योजना बनाइरहेका छन् । ‘ कंगनाले ट्वीटरमा लेखेकी छिन् ।
कंगना केही हप्तादेखि ट्विटरको विरूद्धमा मत राखिरहेकी छिन् । उनले ट्वीटरले गोप्य रूपमा भारत विरूद्ध योजना बनाइरहको कंगनाको तर्क छ ।

Leave a Reply

%d bloggers like this: