Fri. May 3rd, 2024

काठमाडाैँ । नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछाने ईन्डियन प्रिमियर लिग (आईपीएल) को लिलामीका लागि छनौट भएका छन् । दिल्ली क्यापिटल्सले उनलाई यो सिजन रिलिज गरेपछि उनी लिलामीमा सहभागी हुन लागेका हुन् । २० वर्षीय बलरको बेस प्राइस ४० लाख भारतीय रुपैयाँ रहेको छ ।
१८ फेब्रुअरीमा हुने लिलामीमा २९२ खेलाडीको अन्तिम सूची जारी गरिएको छ । अस्ट्रेलिया ब्याट्सम्यान शन मार्स, न्युजिल्याण्डका अलराउन्डर कोरी एन्डरसन र दक्षिण अफ्रिकाका पूर्व फास्ट बलर मोर्ने मोर्कललाई फ्रेन्चाइजीको आग्रहमा लिलामीमा सहभागी गराइएको छ ।
सर्वाधिक २ करोड भारु बेस प्राइसमा दुई भारतीय हरभजन सिंह र केदार जाधवसहित ग्लेन म्याक्सवेल, स्टीभ स्मीथ, सकिब अल हसन, मोइन अली, साम बिलिङ, लियाम प्लंकेट, जेसन रोय र मार्क वुड रहेका छन् । १.५ करोठ बेस प्राइसमा १२ जना खेलाडी रहेका छन् ।
आगामी सिजनका लागि ८ फ्रेन्चाइजीसँग ६१ स्लट खाली रहेका छन् । यसमध्ये २२ जना विदेशी खेलाडीले अवसर पाउनेछन् ।

Leave a Reply

%d bloggers like this: