Mon. Apr 29th, 2024

काठमाडाैँ । फिल्म हल तथा नाटकघर खुल्ला गर्न सरकारले अनुमती दिएको छ । सरकारले १० महिनादेखि बन्द रहेका फिल्म हललाई खुलाउने निर्णय गरेको हो। कोभिड महामरीको व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिसमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मापदण्ड अपनाएर हल खोल्न अनुमति दिएको हो । फिल्म हल लामो समय देखि लकडाउनका कारण करोडौ रुपैया घाटा व्यहोर्दै आएका छन् । यसै कारण सबै स्वास्थ्यको मापदण्ड अपनाएर हल खुलाउन दिने सरकारको निर्णय गरेको हो।
सरकारले हल खोल्न र फिल्मकर्मीलाई हेपेको भन्दै हल व्यवसायीले पुस १० गतेदेखि एकपक्षीय रुपमा हल खुलाएका थिए। उनीहरुले हल खुलाएको देखि नै फिल्म प्रदर्शन गर्दै आएका छन्। फिल्महलसँगै नाटकघर लगायतलाई पनि खुल्ला गर्न सरकारले अनुमति दिएको छ। नाटकघर भने आगामी माघ १ गतेदेखिबाट मात्र खुल्ने भएका छन् ।

Leave a Reply

%d bloggers like this: