Sun. May 19th, 2024

एजेन्सी । जर्मनीको शीर्ष लिग बुन्डेस्लिगामा बार्यन म्युनिख पराजित भएको छ । गएराती भएको खेलमा बार्यन बोरूसिया मन्चेन्ग्लादबागसँग ३–२ गोल अन्तरले पराजित भएको हो ।
मन्चेन्ग्लादबागको घरेलु मैदान बोरूसिया पार्कमा भएको खेलमा भ्रमणकारी टोली बार्यनले अग्रता लिएको थियो । खेलको २० मिनेटमा बार्यनका स्ट्राइकर रोबर्ट लेवान्डोस्किको पेनाल्टी गोलमा बार्यनले अग्रता कायम गरेको थियो । त्यस्तै, २६ मिनेटमा लियोन गोरेट्ज्गकाले गोल गरेपछि २–० को अवस्थामा उक्लिएको बार्यन अग्रता जोगाउन नसक्दा पराजित हुन् पुग्यो ।
घरेलु टोली मन्चेन्ग्लादबागले ३५ मिनेटदेखि गोल गर्न सुरू गर्यो । खेलको ३५ मिनेटमा जोनास होफम्यानले गोल गरेपछि मन्चेन्ग्लादबागले घरेलु मैदानमा दबाब सिर्जना गर्न सुरू गर्यो । ४५ मिनेटमा होफम्यानले नै अर्को गोल थपेको खेलमा फ्लोरियान न्युहासले ४९मिनेटमा गोल गर्दा मन्चेन्ग्लादबागले कमब्याक जित हात पार्यो ।
गएराती भएको खेलमा हार व्यहोरे पनि बार्यन म्युनिक अंक तालिकको शीर्ष स्थानमा यथावत् । ३३ अंकका साथ पहिलो स्थानमा रहेको बार्यनको दोश्रो स्थानको लाइपजिग भन्दा २ अंक बढी छ ।
यद्यपी लाइपजिगले १ खेल कम खेलेको छ । यदी लाइपजिगले अबको खेलमा जित दर्ता गरेको खण्डमा बार्यन दोश्रो स्थानमा खस्किनेछ ।

Leave a Reply

%d bloggers like this: