दीपिका बनिन् ‘धूम ४’ की मुख्य खलनायक

एजेन्सी। बलिउडमा सबै भन्दा चर्चामा रहेको चलचित्र ‘धुम’ चौथो सिरिज बन्ने भएको छ। सन् २००४ मा सुरु भएको यो फिल्मको सीरीजले बक्स अफिसमा थुप्रै रेकर्ड तोडेको थियो।
यसको सिरिज ४ पनि धेरैको पर्खाइको विषय बनेको छ। चलचित्रमा अभिनेता अभिषेक बच्चन र उदय चोपडाको भूमिका निश्चित रहेको जनाइएको छ । यसैबीच यस चलचित्रमा खलनायक को हुने भनेर चर्चा सुरु भएको छ । यसमा नयाँ भिलेनका लागि अभिनेता शाहरुख खान र रणवीर सिंह लगायतका कलाकारको चर्चा चलिरहेको छ भने धुम –४ का लागि मेगा बजेट फिल्ममा दीपिका पादूकोण महिला भिलेनको रुपमा लिइनेछ ।
धुमको पहिलो सिरिज सन् २००४ मा रिलिज भएको थियो जसमा भिलेनको भूमिकामा जोन अब्राहम थिए। त्यस्तै २००६ मा धुम-२ बनेको थियो। जसमा ऋतिक रोशन र ऐश्वर्या रायलाई कास्ट गरिएको थियो। त्यसपछि धुम-३ लामो समयपछि आयो। जसमा आमिर खान मुख्य भूमिकामा थिए। उनले भने धुम नै मच्चाएका थिए।

Leave a Reply