Sat. Apr 27th, 2024

काठमाडाैँ । युट्युबमा २ नेपाली चलचित्र ट्रेन्डिङमा पर्न सफल भएका छन् । बुधबार र बिहीबार सार्वजनिक भएका छक्का पञ्जा ३ र साङ्लोले छोटो समयावधि मै युट्युबको ट्रेन्डिङमा स्थान बनाएका हुन् ।
बिहीबार सार्वजनिक भएको छक्का पञ्जा ३ युट्युब ट्रेन्डिङको पहिलो स्थानमा छ । २४ घण्टाको अवधिमा यो फिल्मले १८ लाख भन्दा धेरै दर्शकको साथ पाएको छ । त्यस्तै, यो फिल्मले ६६ हजारभन्दा धेरै लाइक पाएको छ भने ७७ सय डिस्लाइक पाएको छ ।
त्यसैगरी बिहीबार दिउँसो सार्वजनिक भएको विराज भट्टको साङ्लो युट्युब ट्रेन्डिङको छैठाैँ स्थानमा पर्न सफल भएको छ । करीब १८ घण्टाको अवधिमा यो फिल्मले ६ लाख १२ हजार भन्दा धेरै भ्युज, ३५ हजार लाइक  र १३ सय डिस्लाइक पाएको छ ।

Leave a Reply

%d bloggers like this: