Sun. Jul 21st, 2024

काठमाडाैँ । महाशिवरात्रीको अवसरमा ‘लप्पन छप्पन २’ रिलिज हुने भएको छ। यसै वर्षको शिवरात्रीको अवसरमा फिल्म पागुन १७ गतेबाट प्रदर्शन हुने भएको हो ।
एक्सन र थ्रिलर कथामा तयार भएको यो फिल्ममा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुप विक्रम शाही, गोविन्द शाही, प्रकाश कुँवर, दीपक क्षेत्री, राजेन्द्र बिष्ट, शक्ति श्रेष्ठ, सिर्जना सिना, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल लगायत कलाकारको अभिनय रहेको छ।
फिल्ममा निर्देशक भट्ट, सुनिल नेउरे र अमित शर्माको पटकथा तथा संवाद छ । फिल्मका कार्यकारी निर्माताका रुपमा सुरज अधिकारी र प्रजापति सिवाकोटी रहेका छन्। प्रकाश कुँवर, निर्मलकुमार मिश्र, चिजकुमार श्रेष्ठ, सुदिपचन्द्र भक्रेल, सन्तोषचन्द्र भक्रेल चलचित्रका निर्माता हुन्।
फिल्मलाई पुरुषोत्तम प्रधानले खिँचेका हुन् भने नरेशनाथ योगीको कोरियोग्राफी रहेको यो फिल्ममा हिमाल केसीको एक्सन निर्देशनक, मिलन श्रेष्ठको सम्पादन छ। शम्भुजित बाँस्कोटा, राजेन्द्र भट्ट, दीपक आरजे र बुलेट फ्लेटको फिल्ममा संगीत रहेको छ। यसअघि यो चलचित्रको वैशाखमा प्रदर्शन मिति तय गरिएको थियो । तर, कोरोना महामारीका कारण लकडाउन भएपछि चलचित्र रिलिज हुन सकेको थिएन ।
मुकुन्द भट्टको निर्देशन तथा निर्मामा तयार भएको फिल्मका प्रस्तुतकर्ता खिलेन्द्रराज तिमिल्सिना हुन्।

Leave a Reply

%d bloggers like this: