Sat. May 18th, 2024

काठमाडौं । कोरोनाभाइरस संक्रमणको जोखिम कम गर्न बन्दाबन्दी घोषणा गरिएसँगै बन्द रहेको पशुपतिनाथ मन्दिर नौ महिनापछि नियमित पूजाका लागि आज (मंगलबार) खोलिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बनाएको मापदण्ड पूर्णरुपमा पालना गरेर मात्र भक्तजनले पशुपतिको दर्शन गर्न पाउनेछन् ।
अनिवार्यरुपमा मास्क लगाउनुपर्नेछ भने दुई मिटरको दूरीमा राखेर दर्शन गराइने व्यवस्था गरिएको छ । भक्तजनलाई मन्दिरको पश्चिम ढोकाबाट प्रवेश गराई दर्शनपछि सोही ढोकाबाट बाहिर निस्कने व्यवस्था गरिएको छ ।
मन्दिर आज खुले पनि रसिद काटेर हुने विशेष पूजा, भजनलगायत क्रियाकलाप भने तत्काल सुरु नहुने पशुपति विकास कोषले जनाएको छ । पहिलो चरणमा परीक्षणका रुपमा बिहान ६ देखि मध्याह्न १२ बजेसम्म मात्र मन्दिर खुला गरिने कोषको भनाइ छ । मन्दिर खुलाउन राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार मन्दिरमा क्षमापूजा गरेकी थिइन् । त्यस अवसरमा पशुपति विकास कोषले सवा लाख दीप प्रज्वलनसमेत गरेको थियो ।

Leave a Reply

%d bloggers like this: