Sat. May 4th, 2024

काठमाडौं । प्रेमकथानक फिल्म ‘माया बस्छ कि के हो’ को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । मंगलबार आयोजित एक कार्यक्रमका बिच फस्र्टलुकसँगै शीर्ष गीत ‘माया बस्छ कि के हो’ समेत सार्वजनिक गरिएको हो । फष्टलुकमा नव अभिनेता सोनाल तामाङ र नव अभिनेत्री कस्मता निरौला देखिएका छन् ।
राजु अधिकारीको निर्देशन र शरद अधिकारीको प्रस्तुति रहेको फिल्मका बहादुर सिंह तामाङ र गंगा गिरी निर्माता रहेका छन् । फिल्मको कथा आरती अधिकारीले लेखेकी हुन् । हल खुलेपछि प्रदर्शन मिति तय गर्ने गरेर फिल्मको फष्टलुक र गीत सार्वजनिक गरिएको हो ।
कार्यक्रममा निर्देशक अधिकारीले आफूहरु गुणस्तरिय फिल्म निर्माणको पक्षमा रहेको बताउदै ‘माया बस्छ कि के हो’ उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराखेको दावी गरे । उनले कथाको मागअनुसार नै फिल्म बेल्जियम, स्वीजरल्याण्ड र नेदरल्याण्डका बिभिन्न स्थानमा खिचिएको बताए ।
त्यसैगरी, प्रस्तुतकर्ता शरदले फिल्म युवा पुस्तालाई लक्षित गरिएको बताए । डेब्यु अभिनेता सोनाल र अभिनेत्री कस्मताले फिल्मका लागि आफूले भरपुर मिहीनेत गरेको बताउदै फिल्मले आफूलाई रजत्पटमा स्थापीत गराउने बिश्वास ब्यक्त गरे ।
चलचित्र बिकास बोर्डका अध्यक्ष दयाराम दाहालको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा उनले सरकारले छिट्टै नै हल खुलाउने तयारी गरिरहेको जानकारी दिदै फिल्म र टिमलाई शुभकामना ब्यक्त गरे ।
कार्यक्रममा सार्वजनिक शीर्ष गीतमा अर्जुन पोखरेलको शब्द र संगीत, अन्जु पन्त र सुगम पोखरेलको स्वर रहेको छ । रामजी लामीछानेले कोरियोग्राफी गरेको गीतमा सोनाल र कस्मतालाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ ।
गीत बेल्जियम, स्वीजरल्याण्ड र नेदरल्याण्डका बिभिन्न स्थानमा रबिन्द्र बरालले खिचेका हुन । बिपीन मल्लले सम्पादन गरेको फिल्ममा सोनाल र कस्मताकाको अलवा उपेन्द्र थापा, नरेन्द्र थापा, बेनी ढुंगाना, सब्बु पौडेल, हरिकृष्ण कार्की र तेजेन्द्र कँडेलले अभिनय छ । जनपुकार मिडिया हाउसको ब्यानरमा निर्मित फिल्मको बितरण आरआर फिल्मस्ले गर्नेछ ।

Leave a Reply

%d bloggers like this: