Thu. May 2nd, 2024

काठमाडाैँ । नेपाल सितोरियो कराते, सतुंगल डोजोले विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरेको छ । शुक्रबार काठमाडौँमा एक कार्यक्रमका बिच डोजोले विशेषतः खेल क्षेत्रमा विशेष योगदान पुर्याएका व्यक्तिहरूलाई सम्मान गरेको हो ।
वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट प्रमुख अतिथ्यता तथा  राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला ज्वालाको विशिष्ट आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । त्यस्तै, कार्यक्रमको संयोजक अध्यक्ष डोजो खेलाडी सागर शाहीले गरेका थिए ।
डोजोले कार्यक्रममा ओलम्पियन दीपक विष्ट, राष्ट्रिय भलिबल टोलीका प्रशिक्षक भरत शाह, नेपाल चलचित्र निर्माता संघका उपाध्यक्ष गोविन्द बहादुर शाहीलाई सम्मान गरिएको थियो ।
त्यसैगरी, १३ औँ सागमा दोहोरो स्वर्ण पदक विजेत आयशा शाक्य, जनता टेलिभिजनका जिल्ला संयोजक खेम बहादुर बम, अन्तर्राष्ट्रिय रेफ्री प्रकाश कुमार चन्द, शिक्षक हरीप्रसाद काफ्ले, शिक्षक राम प्रसाद काफ्ले, रामचन्द्र अधिकारी बाल कलाकार सुजल बम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी गजेन्द्र साउदलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा चन्द्रागिरी नगरपालिका वडा नं १५ का वडाध्यक्ष उत्तम बहादुर रावत, कानुनविद् लक्ष्मी दाहाल रावत, १३ औँ सागका प्रशिक्षक दीर कृष्णा शाही, डा. नरेन्द्र सिंह ठगुन्ना र राखेपका उपाध्यक्ष शिव कोइराला ज्वाला पनि सम्मानित भएका थिए ।

Leave a Reply

%d bloggers like this: