Fri. May 3rd, 2024

काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत हिजो राती भएको खेलमा सनराइजर्स हैदराबाद विजयी भएको छ । यूएईको सारजाहमा भएको खेलमा हैदराबादले रोयल च्यालेन्जर्स बेङ्ग्लोरमाथि ५ विकेटको जीत हात पारेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको बेङ्ग्लोरले २० ओभरमा ७ विकेट गुमाएर १ सय २० रन बनाएको थियो । बेङ्ग्लोर दिएको १ सय २१ रनको लक्ष्य हैदराबादले १४ ओभर १ बलमा मात्र ५ विकेट गुमाएर पूरा गरेको थियो ।
हैदराबादको जीतमा रिद्धिमान शाहले ३९ र मनिस पाण्डेले २६ रन जोड्दा होल्डर २६ रनमा अविजित रहेका थिए ।
त्यस्तै बेङ्ग्लोरले १ सय २० रनको योगफल बनाउँदा जोस फिलिपेले ३२ र एबी डी भिलियर्सले २४ रन जोड्दा कप्तान विराट कोहली जम्मा ७ रनमा सिमित भएका थिए ।
शनिकारको जीतसँगै हैदराबाद अंक तालिकाको चाैथो स्थानमा उक्लिएको छ भने १४ अंक सहित दोश्रो स्थानमा रहेको छ ।

Leave a Reply

%d bloggers like this: