Thu. Apr 25th, 2024

लकडाउन केहि खुकुलो भएपछि फिल्मकर्मी छटपटाउन थालेका छन् । अहिले भटाभट फिल्म छायाँकनको घोषणा हुन थालेको छ ।
डि एस डिजिटल सिनेमाको ब्यानरमा फिल्म ‘ दानराज ’ भदौबाट छायाँङ्कनमा जाने भएको छ । समाज भित्रको अपराधिक घटनालाई फिल्मको कथा बस्तु बनाइएकोे छ ।
फिल्ममा दानराज चौलागाईंको अलवा रेश्मा घिमिरे, सबिन केसी,सागर चौलागाईं ,रबि खड्का , गंगा कुँवर, करुणा श्रेष्ठ , रबिन श्री,शत्रुघन अन्सारीको अभिनय रहने छ । शंकर अधिकारीको निर्देशनमा बन्न लागेको फिल्म ‘दानराज’मा देव महर्जनको द्वन्द ,सन्दिप भुजेल र राम केसीको नृत्य रहने छ । त्यस्तै सुरेश अधिकारी ,बाबुल गिरी र मिलन तिमिल्सिनाको फिल्ममा संगीत रहने छ । फिल्मको गीतमा नित्याशिवा, सुरेश अधिकारी ,बाबुल गिरीको स्वर सुन्न सकिने छ ।
 

merofilm.com

Leave a Reply

%d bloggers like this: