Thu. Apr 25th, 2024

बक्स अफिसमा सफल चलचित्र ‘छक्का पन्जा–३’ र ‘छ माया छपक्कै’को डिजिटल माध्यममा रिलिज हुने भएको छ । दुवै चलचित्र एकसाथ अाज बुधवार सार्वजनिक हुने छन् । स्वदेश तथा विदेशका दर्शकले हेर्न सक्ने गरी ‘चलचित्र टिभी एप’ मार्फत दुई चलचित्र सार्वजनिक हुन लागेको निर्माता कलाकार दीपकराज गिरीले जानकारी दिएका छन् ।
‘चलचित्र टिभी एप’ नयाँ एप हो जुन भोलिबाटै सञ्चालनमा आउनेछ । यस एपले ‘छक्का पन्जा–३’ र ‘छ माया छपक्कै’ किनेर पहिलो पटक दर्शकमाझ ल्याउन लागेको हो । यसबाट तोकिएको रकम तिरेर चलचित्र हेर्न पाइनेछ । चलचित्रको एडभान्स स्वरूप दीपकसहितको निर्माण समूहले २० लाख रुपैयाँ लिएको छ । अहिले एडभान्सका रूपमा २० लाख रुपैयाँ लिएको र बाँकी ६०४० मा सम्झौता गरेको दीपकराज गिरीले बताएका छन् ।
उनका अनुसार उठेको कलेक्सनको ६० प्रतिशत चलचित्रको निर्माण समूहले लिने छ भने बाँकी ४० प्रतिशत ‘चलचित्र टिभी एप’ले राख्ने छ । हलमा हेर्न नपाएका दर्शकले लामो समय प्रतीक्षा गरेपछि यी दुई चलचित्र संसार भरबाट हेर्न पाइने भएको हो ।
एप बारे दीपक भन्छन्, ‘नेपाली चलचित्र तत्काल नेटफ्लिक्स तथा अमेजनमा जान नसक्ने भएकाले नेपालमै बलियो र लोकप्रिय चलचित्र एपको आवश्यकता रहेको र यो आवश्यकतालाई ध्यानमा राखेर ‘चलचित्र टिभी एप’सँग सहकार्य गरिएको हो’ ।
 

cinepati.com

Leave a Reply

%d bloggers like this: