Fri. Mar 29th, 2024

काठमाडौं । विश्व यतिबेला कोबिड–१९ कोरोना भाइरसको महामारीबाट छ । नेपाल पनि यो भाइरस महामारीबाट अछुतो छैन । यही समयमा भारतले नेपाली भूमि हुँदै मानसरोवर जाने बाटो बनाएको छ । जुन कुराको नेपालभर विरोध भइरहेको छ र नेपालले लिपुलेक र भारतले मिचेका नेपाली भूमीलाई समेट्दै नयाँ नक्सा पनि जारी गरिसकेको छ ।
यसै परिप्रेक्ष्यमा अमृत खातीको शब्द तथा खाती र राजा राजेन्द्रको संगीतमा सामुहिक देशभक्ति गीत ‘हाम्रो माटो’ सार्वजनिक भएको छ । गीतमा अमृत खाती ,राजा राजेन्द्र पोखरेल, विक्रमजंग शाह, सिर्जु अधिकारी ,अनु अधिकारीले स्वर दिएका छन् ।

गीतमा संगीत संयोजन कमल सौरागको रहेको छ भने स्टुडियो मुर्चुङ्गा डिजिटल रहेको छ । गीतको रेकर्डिङ र मिक्सिङ सन्जय शृपालले गरेका छन् । गीतको निर्देशन, सम्पादन र छायांकन हुम गैरेले गरेका छन् ।

Leave a Reply

%d bloggers like this: