Tue. Apr 16th, 2024

फ्राइडे रिलिज अन्र्तगत हलहरुमा शुक्रबारबाट प्रदर्शनमा अाएकाे ‘सेल्फी किङ्ग’ दशर्कहरुले रुचाएका छन् । मल्टिप्लेक्स हलहरुमा र अन्य हलहरुमा पनि ‘सेल्फी किङ्ग’ का लागि घुइचाे रहेकाे थियाे ।

चलचित्र ‘सेल्फी किङ्ग’ले क्युएफएक्समा ३५ शो पाएको छ । यस फिल्मले काठमाडौं उपत्यका भित्रको हलहरुमा २० शो पाएको छ भने मोफसलका हलहरुमा १५ शो पाएको छ ।

हास्य कलाकारको तीन दिनको यात्राको कथामा आधारित फिल्म ‘सेल्फी किङ’को मुख्य भूमिकामा विपिन कार्की छन् । उनको अपोजिटमा लक्ष्मी बर्देवा छिन् । दिनेश राउत र सुवास थापाले निर्माण गरेको फिल्ममा निर्देशक विशालकै लेखन, सुसन प्रजापतिको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत, निर्मल लामाको कोरियोग्राफी, हिमाल केसीको द्वन्द, जीवन थापाको सम्पादन रहेको छ ।

Leave a Reply

%d bloggers like this: